२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

लमजुङमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न

लमजुङको दोर्दी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउपालिकाको पशुपन्छी शाखाको आयोजनामा एक दिने शिविरमा एक सय २६ परिवार लाभान्वित भएका छन्।

सो शिविरमा दुई हजार १३ पशुपन्छीको उपचार तथा औषधि वितरण भएको छ । पचास वटा कुकुरमा रेविज विरुद्धको खोप, तीन सय ४० गाईभैँसी र आठ सय ५० वटा भेँडाबाख्राका लागि आन्तरिक तथा बाह्य परजीविका कारण लाग्ने रोग विरुद्धका औषधि वितरण गरिएको थियो।

त्यसैगरी सात सय ७३ वटा कुखुराका औषधि वितरण गरिएको छ । भिटामिन तथा सिजनअनुसार लाग्ने रोग नियन्त्रणको लागि औषधि वितरण भएको हो । केही दिन अघि पालिकाको वडा नं ९ हिलेटक्सारमा यस्तै शिविर आयोजना गरिएको थियो । अब आगामी १८ गते वडा नंं ८ बन्सारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने पालिकाको पशुपन्छी शाखाले जनाएको छ । शिविरमा किसानलाई पशुमा लाग्ने रोगका बारेमा जानकारी दिनुका साथै पशुरोगबाट बच्ने उपायका बारेमा छलफल तथा परामर्श प्रदान गरेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com