२०८१ बैशाख २१ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २१
Fri May, 2024

मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्छ : मन्त्री भुसाल

काठमाडौं, २१ असार । मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्ने कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले बताएका छन् । बिहीबार बसको संसदको अर्थ समितिको बैठकमा उनले मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्ने र खरिद प्रक्रिया जी टू जी हुनुपर्ने बताएका हुन् ।

खरिद प्रक्रिया लामो भएका कारण मल अभाव भएको भन्दै उनले जी टू जी प्रक्रियामा मल खरिद गर्नुपर्ने बताएका हुन् । मल खरिद प्रक्रियालाई सहज बनाउन खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको मन्त्री भुसालले जानकारी दिए । उनका अनुसार हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com