स्याङ्जामा सुन्तला बिक्रिबाट वार्षिक ४५ लाख आम्दानी

स्याङ्जाको पुतलीबजार नगरपालिकाका किसान मुक्ति अधिकारीले सुन्तला बिक्रिबाट यस वर्ष मात्र रु ४५ लाख आम्दानी गरेका छन्। सुरुवाती अवस्थामा प्रतिकेजी रु ५५ मा शुरु गरेका अधिकारीले अहिले प्रतिकेजी ८९ मा बिक्री गरिरहेका छन्।
गतबर्ष रु १०२ देखि १०४ सम्म प्रतिकेजिका दरले बेचेका अधिकारीले सुन्तलाको उत्पादन अधिक भएपनि अहिले अपेक्षा अनुसारको बजार मूल्य नपाएको बताए। सुन्तला टिप्ने क्रम जारी रहेको र अझै ३ लाख जतिको सुन्तला टिप्नै बाँकी रहेको छ।
“केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो”, उनले बताए। उनले थपे, “३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै रु सात लाख नोक्सान भय। “
‘अधिकारी कृषि फर्म’ दर्ता गरी सुन्तला खेती शुरु गरेकोमा अहिले एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् ।