२०८१ बैशाख १० - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १०
Mon Apr, 2024

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार आज ६३ पैसाले घटेर अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसा कायम भएको छ।

आज अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५९ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८ पैसा र युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४२९ रुपैयाँ ८ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ५ पैसा र मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा कायम भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com