२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

आजको विनिमयदर: डलर, यूरो, पाउण्डको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)को लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ। मंगलबार अमेरिकी डलरको भाउ १ रुपैयाँ ४४ पैसाले वृद्धि भई अमेरिकी डलर एकको खरिददरमा १३२ रूपैयाँ ७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ।

युरोपियन युरो एक रुपैयाँ १३ पैसा बृद्धि भई खरिदमा १४२ रूपैयाँ १५ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ भने बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको एकको खरिदमा ९१ रूपैयाँ र बिक्रीमा ९१ रूपैयाँ ४१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६८ पैसा भएको जनाइएको छ ।

कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २० पैसा र बिक्रीदर ३५ रूपैयाँ ३६ पैसा, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३१ रूपैयाँ २ पैसा र बिक्रीमा ३१ रूपैयाँ १६ पैसा, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ८९ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९३ पैसा तोकिएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com