२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

काठमाडौं । भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुममा राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए ।

उनले भने ‘राहत र पुनर्निर्माणका लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको छ । निर्णय भएको रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा हुनेछ ।’भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगतै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका हुन् । बढ्दो जाडोसँगै चिसोका कारण भूकम्प प्रभावित क्षेत्रको जनजीवन कष्टकर बन्दै गएकाले मन्त्री ज्वालाले राहत र पुनस्र्थापनामा जोड दिएको सचिव विष्टले बताए ।

भूकम्प प्रभावित क्षेत्रमा तीन पटकभन्दा बढी पुगिसकेका मन्त्री ज्वालाले आफ्नो डेढ महिनाको पारिश्रमिक राहत कोषमा दिने घोषणा यसअघि नै गरिसकेका छन् । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब दिने निर्णय भइसकेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com