२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

काठमाडौं । नेपाली युवलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति प्रक्राउ परेका छन् । पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा गिरोहका १२ जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।उनीहरुमाथि नेपाल र भारतको बाटो हुँदै अवैध रुपमा रुसी सेनामा नेपाली युवालाई पठाएको आरोपमा पक्राउ गरिएको हो ।

रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाइ छ । अवैधरुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com