२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

काठमाडौं, ६ असोज । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपिएको छ । किशोरीलाई हाल लगाईरहेको खोप ‘एचपीभी’ अभियानको समय थप गरी १० असोजसम्म पुर्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ५ गतेसम्म सो अभियान सञ्चालन गर्ने जनाएको थियो ।

शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेको तथा लक्षित समुहले अझै खोप लगाउन बाँकी रहे पछि म्याद थपिएको मन्त्रालयले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com