२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमण, ६ युक्रेनीको मृत्यु, दर्जनौ घाइते

काठमाडौं, ३२ । युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । उक्त हमलामा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

आक्रमणबाट धेरै घर, पसल र गोदाममा क्षति पुगेको छ । रुसी सेनाले सो क्षेत्रमा प्रहार गरेका नौवटा क्रुज मिसाइल र ड्रोनलाई भने युक्रेनी सेनाले खसालिएको दिएको छ । क्षेत्रीय प्रशासनले कालो सागरबाट भएको आक्रमणमा समुद्रबाट प्रहार गरिएका चारवटा कालिबर क्रुज मिसाइलहरू समावेश भएको बताएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com