२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

नेपाल सुपर लिगः स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अन्तर्गत आज हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ ।

चौथो चरणको खेलसम्म आइपुग्दा पोखरा थन्डर्स ५ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहदा स्र्पोटिङ इलाम पुछारमा छ । इलामको ३ अंकमात्रै रहेको छ । आजको खेलमा पोखरा विजयी भए तालिकाको शीर्ष स्थानमा उक्लने छ भने इलाम विजयी भए तेस्रो स्थानमा उक्लने छ ।

जारी सिजनमा ३ खेलमा ७ अंक बटुल्दै धनगढी तालिकाको शीर्ष स्थनमा छ । त्यस्तै, ललितपुर सिटी ४ खेलबाट ६ अंकसहित दोस्रा स्थानमा रहेको छ । गत संस्करणको विजेता काठमाडौं रेजर्स ५ अंकका साथ चौथो स्थानमा रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com