२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

शिक्षा विधेयकविरुद्ध आजबाट जनचेतनामूलक कार्यक्रम गरिदै

काठमाडौं, ४ असोज । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघले विद्यालय शिक्षा विधेयकविरुद्ध विहीबारदेखि देशभर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । संघका केन्द्रिय अध्यक्ष ज्ञानसागर प्रजापतिले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी असोज ४ गते विहीबारदेखि ६ गते शनिबारसम्म विधेयकबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला समितिहरुलाई सूचित गराएको छ । संघले विद्यालयको पढ्न पाउने अधिकारलाई कुन्ठित नगर्न अन्य शिक्षक संगठनहरुलाई अनुरोध पनि गरेको छ ।

नेपाल सरकारले संसदमा ल्याएको विद्यालय शिक्षा विधेयक दर्ताविरुद्ध नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघले बुधबारदेखि अनिश्चितकालिन विद्यालय बन्द घोषणा गरी काठमाडौं केन्द्रित विरोध कार्यक्रमको घोषणा सुरु गरिसकेका छन् । शिक्षक संघको आन्दोलनप्रति विमति नभएको जनाउँदै संघले तर अनिश्चितकालिन बन्द प्रति भने विमति रहेको जनाएको छ । उसले अनिश्चितकालिन विद्यालय बन्द नगर्न आन्दोलनकारी संगठनसँग अनुरोध गरेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com