२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं, २३ जेठ । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ।

सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति मधेश प्रदेश सरकारले लिएको पाइएको छ। ‘चुरे जोगाउ, मधेश बचाउ’, ‘बेटी बचाउ, बेटी पढाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’लगायतका विगतका सरकारले सञ्चालन गरेको अभियानलाई पनि सरकारले निरन्तरता दिइएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com