२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

डिशहोमको ‘मेगास्टार’ घोषणा हुँदै, विजेताले पाउने छन् १० लाख

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार, सिजनकै मेगा स्टार’ योजनाअन्तर्गत आगामी हप्ता मेगास्टार घोषणा गरिने भएको छ । लक्की ड्र मार्फत २०८० मंसिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ ।

आगामी ११ मंसिर गते लक्की ‘ड्र मार्फत’ डिशहोम मेगा स्टारको छनोट गर्न लागिएको हो । असोज १ गतेदेखि देखि मंसिर ११ दिउँसो १२ वजे सम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नेछन् ।

यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनि नगद दश लाख प्राप्त गर्ने मौका पाउनेछन् । यस अघि हरेक हप्ता सुपरस्टार बनि नगद एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा गरिसकिएको छ ।

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ ५ बजे हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com