यस्तो रह्यो आजको सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(बुधबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज सुन प्रतितोला ५ सयले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।