२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

अझै पनि समय छ, न्यायाधीश नियुक्तिमा प्रयासरत छु : प्रधानन्यायाधीश कार्की

काठमाडौं, ३१ असार । समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्विकार गरेका छन् । आज सर्वोच्च अदालतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले, समयमै न्यायधीस नियुक्त गर्न नसकिएको गुनासो गरेका हुन् ।

उनले भने, अहिले हुन नसकेको कुरा छ त्यो के हो भने हामीले वास्तवमा न्यायधिशको नियुक्ति समयमा गर्न सकिरहेका छैनौ । समयमा न्यायधिश नियुक्ति हुन नसक्दा धेरै नै समस्याहरु उत्पन्न भईरहेको छ । संविधानले नै खालि हुनुभन्दा एक महिना अगाडि न्यायधिशहरुको नियुक्तिको सिफारिस गर्नुपर्छ भन्ने व्यवस्था राखेको छ । त्यसको पनि कार्यान्वयन गर्न सकेको अवस्था छैन् । त्यसलाई हामीले कडाईका साथ पालना गर्ने र खालि हुनु एक महिना अगाडि नै न्यायधिशको सर्वोच्च र उच्च अदालतमा नियुक्त गर्ने व्यवस्थालाई लागू गर्न सक्नु पर्छ ।

वस्तु निष्ठताका आधारमा न्यायाधीश नियुक्त हुनुपर्नेमा समेत जोड दिएका उनले अझै पनि न्यायशीय नियुक्तिमा प्रयास गरिरहेको बताए । ‘अझै पनि समय छ, न्यायाधीश नियुक्तिमा प्रयासरत छु ।’ उनले भने । सर्वोच्च अदालतमा ७ जना तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार एक एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो । तर अहिलेसम्म न्याय परिषदको बैठक बस्न सकेको छैन ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com