२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १६
Sun Apr, 2024

३ दशमलव ४२ अङ्कले ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आज पनि शेयर बजार ओरालो लागेको छ । आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४२ अङ्कले घटेर १ हजार ८ सय ४७ दशमलव ८१ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र माउन्टेन इनर्जी नेपालको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन समाज लघुवित्तको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ३८ लाख ९६ हजार कित्ता शेयर १ अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ७ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com