२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १७
Mon Apr, 2024

गायक विक्रमजंग शाहको नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ सार्वजनिक

काठमाडौं, ३२ साउन । नेपाली कला क्षेत्रमा निर्माता, गायक तथा अभिनेताको रुपमा सक्रिय विक्रमजंग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ सार्वजनिक गरेका छन् । यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टिका पुनले साथ दिएकी छिन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोमा ब्रेकअपको कन्सेप्ट देखाइएको छ ।

प्रेमी र प्रेमिका बीच असमझदारी उत्पन्न भएपछि टुंगिने सम्बन्ध देखाएको गीतको भिडियोमा पल शाह, विजय पुन, बिष्णु पुन, यानी पुन लगायतले नृत्य गरेका छन् । गीतको भाव अनुसार नै भिडियो तयार गरिएको गायक विक्रमले बताए । उनले भने,‘गीतमा अहिलेको यूवापुस्ताको प्रेम र त्यसपछिको परिस्थितिलाई देखाउने कोसिस गरेका छौं । यसमा सबैले उत्तिकै मेहनत गरेका छन् ।’

उनले समझदारीमा प्रेमी र प्रेमिका छुटिने तथा त्यसलाई सेलिब्रेट गर्ने प्रस्तुतीलाई रुचाईएको जानकारी दिए । ‘मलाई सानै देखि नै कला क्षेत्रमा सक्रिय रहने ईच्छा जागेको थियो । त्यसलाई नै पछ्याउदै विभिन्न क्षेत्रमा मेरो उपस्थिति देखिएको हो’, गायक विक्रमले भने ।

विक्रम चौहानको निर्देशन र नृत्य निर्देशनमा तयार भएको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग संयोजन रहेको छ । रैथाने गीतसङ्गीत पस्कने गायक विक्रमले यसअगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायतका गीतहरुमार्फत दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।

भिडियाे लिंक : https://youtu.be/H6uVsj4MWnA

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com