२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । आज हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।कम्पनीले पहिलो चरणमा मंसिर ४ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

उक्त आइपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ३० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com