२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

फिलिपिन्समा गयो ७.६ म्याग्निच्युडको भूकम्प

काठमाडौ । शनिबार राति फिलिपिन्समा ७.६ रेक्टर स्केटको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्रमा राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको बताइएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प २० माइलको गहिराइमा गएको थियो ।

भूकम्पछि स्थानियले खालि चौर र सडकमा रात बिताएका थिए । भूकम्पपछि त्यहाँ प्यासिफिक सुनामी अउने चेतावनी दिएको छ । केन्द्रले सुरुमा सुनामीका छालहरू दक्षिणी फिलिपिन्स, इन्डोनेसिया, पलाउ र मलेसियाका केही भागहरूमा पुग्ने अपेक्षा गरेको थियो तर, पछि सुनामीको खतरा सुरुमा डराएको जस्तो गम्भीर नभएको घोषणा गरेको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानका प्रमुख टेरेसितो बाकोलकोलले दक्षिणी सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टल प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै उच्च भूमिमा जान वा भित्री भूमिमा जान सल्लाह दिएका छन् । भूकम्पले के कति भौतिक तथा मानवीय क्षति गर्यो सो बारे थप विवरण आउन बाँकी छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com