२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

उत्तर कोरियाले दूतावास र कूटनीतिक नियोगहरू बन्द गर्दै, बंलादेश र कंगो परे बन्दको सूचीमा

काठमाडौं । पछिल्लो समय उत्तर कोरियाले धमाधम दूतावास र कूटनीतिक नियोगहरू बन्द गर्न थालेको छ ।कूटनीतिक नियोग बन्द गर्ने निर्णय आफ्नो कूटनीतिक दक्षता र सम्बन्ध अभिवृद्धि गर्ने प्रयासको हिस्सा भएको बताउँदै उत्तर कोरियाले हालै मात्र बंगलादेश र प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेका आफ्ना दूतावासहरू बन्द गरेको छ ।

विगतका महिनाहरूमा बन्द गरेको विदेशी कूटनीतिक नियोगहरूको सूचीमा अंगोला, हङकङ, नेपाल, स्पेन र युगान्डालगायत प्योङयाङ परेका थिए । पछिल्लो समय सो सूचीमा बंलादेश र कंगो थपिएका छन् । गत हप्ता, उत्तर कोरियाले बंलादेशको ढाकामा आफ्नो दूतावास बन्द गरेको थियो । तर, प्योङयाङले नयाँ दिल्लीस्थित आफ्नो दूतावासमार्फत ढाकासँग सम्बन्ध कायम राख्ने उल्लेख गरेको छ ।उत्तर कोरियाले ढाकामा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णयको बारेमा बंगलादेशको विदेश मन्त्रालयलाई मौखिक जानकारी गराएको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाले बंलादेश र कंगोसँग सन् १९७३ मा कूटनीतिक सम्बन्ध बनाएको थियो ।कंगोसँग कूटनीतिक सम्बन्ध स्थापना गरेदेखि उत्तर कोरियाले अफ्रिकी देशसँग मुख्यतया हतियार निर्यात र सुन खानी मार्फत घनिष्ट सम्बन्ध कायम राखेको छ । पछिल्लो पटक आणविक हतियार सम्पन्न उत्तर कोरियाले मुलुकमा अनिकाल लागेर लाखौं मानिस मरेपछि सन् १९९० को दशकको मध्यदेखि नै कूटनीतिक नियोगहरुको संख्या कम गर्दै आएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com