२०८० मंसिर २३ - Sat Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २३
Sat Dec, 2023

शहिद स्मारक ए डिभिजन लिगः आज तीन खेल हुँदै

काठमाडौं, २० जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज तीन खेल हुँदै छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ । च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रि स्टार क्लब र एपिएफ फुटबल क्लब भिडन्तमा उत्रने छन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमुने सामुने हुनेछन, जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com