२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरेका छन् ।

नेपालको जाजरकोट रामीडाडाँ केन्द्रविन्दु भई गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले गहिरो दुख लागेको भन्दै आवश्यक सहयोग गर्न भारत सरकार तयार रहेको बताएका छन् ।

उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com