२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

नेपाल सुपर लिगः झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । झापा पहिलो जितको लक्ष्यमा मैदान जाँदा काठमाडौं रेजर्स दुई गोलको जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा पुग्ने रणनीतिसहित मैदानमा हुनेछ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

जारी खेलमा १ अंक सहित अंक तालिकाको आठौं स्थानमा रहेको जितबिहीन झापा एफसी आज पहिलो जितको खोजीमा हुनेछ । जारी खेलमा पोखरा थन्डर्सविरुद्ध १ ÷१ को बराबरी खेलेको झपाले इस्पोर्टिङ इलामसँगको खेलमा पेनाल्टीमा चुक्दा हार बेहोरेको थियो ।

यता अघिल्लो सिजनको साविक विजेता काठमाडौं रेजर्स आफ्नो तेस्रो खेलमा आज दुई गोलको जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा मैदान जानेछ । रेजर्सले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराएको थियो । विदेशी खेलाडीको वचस्व रहेको दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com