२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

सुन तस्करी प्रकरणः चिनियाँ नागरिकसहित दुईजना पक्राउ

काठमाडौं, ४ साउन । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।

यो प्रकरण सार्वजनिक भएसँगै नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

उक्त प्रकरणमा यसअघि राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।बरामद सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com