२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

भूकम्प अपडेटः ज्यान गुमाउनेको संख्या १२९ पुग्यो

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएराती गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ ।भूकम्पमा गरी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ। रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ ।

साँढे सात बजेसम्ममा ९२ जनाको मृत्यु पुष्टि भैसकेको छ। थप विवरण संकलन भईरहेको र मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार सूचना संकलन कार्य चलिरहेको छ । अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । सबैभन्दा बढी ४७ जना नलगाड नगरपालिकाका परेका छन् ।

त्यस्तै रुकुम पश्चि र जाजरकोटमा गरी १४० बढी घाइते भएका छन् । जाजरकोट जिल्ला अस्पतालमा मात्रै ५५ जनाको उपचार भईरहेको छ । ८ जनालाई सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ । केन्द्रिय प्रहरी प्रवक्ता कुवेर कडायतले जाजरकोटमा ९२ र रुकुममा ३७ जनाको ज्यान गएको पुष्टि गरे ।

उनले भने ‘कतिपय ठाउँमा सुरक्षाकर्मी समेत पुग्न कठिन भएको छ । पहाडि इलाका भएकाले अहिले नै क्षतिबारे प्रष्ट भन्न सकिने अवस्था छ्रैन् । ’सडक अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा पुग्न समेत कठिन भएको छ भने सञ्चार सम्पर्क स्थापित गर्न समेत कठिन भएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com