२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन १ साउनदेखि गरिने

काठमाडौं, २९ जेठ । निर्वाचन आयोगले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने जानकारी दिएको छ । आज बसेको राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १ साउनदेखि विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन गर्ने जानकारी दिएका हुन् ।

पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिने उनले बताए । उनीहरुको बायोम्याट्रिकसहित मतदाता नामावली संकलन गरिनेछ ।

विदेशमा रहेका नेपालीले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन भरेपछि कुटनीतिक नियोगमा पुगेर आफ्नो फोटो र औंठाछाप दिनुपर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com