२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

अपि पावर कम्पनीको लिलामी सेयर खुला

काठमाडौं, कार्तिक १ गते । अपि पावर कम्पनीको लिलामी सेयर खोलिएको छ । अपि पावर कम्पनीमा खोलिएको अवितरित हकप्रद सेयरको बोलपत्रमा साधारण सेयरको कटअफ मूल्य १५१ रुपैयाँ १० पैसा कायम भएको छ । यधपि लिलाम कबुल गरेका चेकहरु साटिन भने बाँकी रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ।

अपि पावरले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समूह तर्फको ११ लाख ९४ हजार ९ सय ३४ कित्ता सेयर असोज १७ गतेदेखि लिलाम असोज २४ गतेसम्म खुला रहेको थियो ।

कम्पनीले जारी गरेको १०ः ४ अनुपात अर्थात १० सेयर बराबर ४ सेयर भर्न पाउने हकप्रद सेयरमा रीतपूर्वक आवेदन दिएका १ लाख १० हजार ५६१ सेयरधनी आवेदकलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता सेयर बाँडफाँट गरिसकेको छ।

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता साउन ३१ गते देखि भदौ १९ गतेसम्म सेयर निष्काशन गरेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com