२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

इजरायली आक्रमण: जबलियामा हालसम्म झन्डै २ सयको मृत्यु

काठमाडौं । जबलियामा इजरायली बम विष्फोटमा परी अहिलेसम्म झण्डै २०० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बेपत्ता भएका छन् । गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।

अलजजिराका अनुसार सो आक्रामणमा परी हालसम्म १ सय ९५ जना मारिएका पुष्टि भएका छ भने १२० जना अझै बेपत्ता रहेका छन् । कम्तिमा पनि ७७७ जना घाइते हुन पुगेका छन ।संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मङ्गलबार र बुधबार भएको इजरायली हमलाहरूलाई ‘भयानक’ भनेका छन् ।

उता, मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्तले ‘असमान आक्रमणहरू युद्ध अपराध’ हुन सक्ने बताएको छ ।इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com