२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

सपोर्ट लघुवित्तले ह्वात्तै बढायो नाफा, यस्तो छ कारण

काठमाडौ, २० साउन । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ह्वातै बढेको छ ।एक वर्षको अबधीमा खुद नाफा १३२.२३ प्रतिशतले बढेर २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअबधीमा यस कम्पनीले ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअबधीमा खराब कर्जा ह्वातै घटेको र सञ्चालन नाफा बढेको कारण खुद नाफा बढेको हो । खराब कर्जा ६.७३ प्रतिशतले घटेर १.८३ प्रतिशतमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीको खराब कर्जा ८.५६ प्रतिशत थियो । सपोर्ट लघुवित्तको खराब कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम नछुट्याएका कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो ।

सञ्चालन नाफा ४२.०१ प्रतिशतले बढेर १ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ११.२४ प्रतिशतले घटेर ७ करोड २ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com