२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

सुनको मूल्य बढ्यो : प्रतितोला १ लाख ५ हजार ३ सय

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । साताको पहिलो दिन तोलामा २ सय रुपैयाँ घटेको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

आइतबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा झिनो वृद्धि छ। ५ रुपैयाँ बढ्दा सोमबार प्रतितोला १३ सय ८० रुपैयाँ भएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १९२६.०८ डलरमा कारोबार भएको सुन सोमबार १९२९.४१ डलर छ। चाँदी भने २३.९८ डलरमा स्थिर रहेर कारोबार भएको तथ्यांकले देखाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com