२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ : शेखर कोइराला

काठमाडौं, ७ साउन । नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बताएका छन् । आज बसेको केन्दीय समितिको बैठकमा डा. कोइरालाले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्न माग गरका छन्।

उनले भने ‘ पछिल्लो दिनहरुको दण्डहीनता बढेर गएको छ। नीतिगत रुपमै कानून बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ । हाल संसदमा रहेको मुलुकी संघीयता सम्बन्धि केही नेपाली ऐन शंशोधन गर्न बनेको विद्येयक २०८० तत्काल खारेज गरिनुपर्छ र यो विद्येयक संसदबाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिन्छ ।

जनताले दण्डहीनताको अन्य गर्न कांग्रेसले नेतृत्वदायी भुमिका खेलोस भन्ने चाहेको उनको भनाई छ । समाजवादी केन्द्र जस्तो गठबन्धन भित्र पनि अर्को गठबन्धन बनेको र त्यो कसको लागि बन्ेको त्यस प्रति विचार गर्नु पर्ने पनि कोइरालाले सुझाएका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com