२०८१ जेष्ठ २ - Wed May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ २
Wed May, 2024

पाँच संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं ।आज संघीय संसदका पाँच समितिका बैठक बस्दैछन् । प्रतिनिधि सभाका तीन, राष्ट्रिय सभाको एक र संयुक्त समितिको एक गरी पाँच समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ ।

आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न लागेको छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

यस्तै, प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र संसदीय सुनुवाइ समितिको पनि बैठक आजै बस्दै छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४ औं बैठक बिहान ११ः३० बजे बोलाईएको छ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी बिषयका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक आज पनि बस्दै छ । ११ बजे बस्ने बैठकले विभिन्न स्थानका बाल सुधार गृहहरुको अनुगमन सम्बन्धमा समितिले गरेको अध्ययन र मंगलबारको छलफललाई निरन्तरता दिने बताइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेका लागि बोलाईएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकले निर्वाचन आयोगका कामकारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com