२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन, आधिकारिकताको दाबी

 

काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा नेतृत्वको समूहले आधिकारिकताको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । आधिकारिकताको दाबी गर्दै सो समूहले शुक्रबार परराष्ट्र मन्त्रालयमा निवेदन दिएको हो । सो निवेदन परराष्ट्रमा  ११२३ नम्बरमा दर्ता गरिएको छ ।

गत अक्टोबर १९ मा अनलाइन माध्यमबाट भएको चुनावमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेस गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो । निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदी सहित पदाधिकारीहरुको नामावली पेस गरिएको छ ।

निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आएपछि त्यतिबेला अध्यक्षका अन्य दुई जना उम्मेदवार आरके शर्मा र महेश कुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए ।

सुरुमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसी लगायतले शपथ लिएपछि ललितपुरको होटेल हिमालयमा बन्दसत्र गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो ।

आरके शर्मा समूहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरुले नमान्ने बताउँदै आएको छ ।आरके समूहले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने बताइएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com