२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

संविधानको दोस्रो संशोधनको प्रकृया एमालेका कारण रोकियो : रक्षामन्त्री खड्का 

काठमाडौं, ३० असोज । संविधानको दोस्रो संशोधनको प्रकृया नेकपा एमालेका कारण रोकिएको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।  आज काठमाडौंमा आयोजित नेपाली कांग्रेसको जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले एमालेकै कारण संविधान संशोधनको दोस्रो प्रस्ताव असफल भएपछि संशोधनको प्रकृया आज पनि थाँती नै रहेको बताए ।

उनले भने,‘संविधानको दोस्रो संशोधनको प्रकृया पनि शेरबहादुर देउवाको नेतृत्वमा हामीले संविधानको दोस्रो संशोधनको तयारी गरेर प्रतिनिधि सभामा प्रस्ताव लिएर गएका थियौं । त्यो प्रस्ताव अरु कसैको कारणले हैन एमालेको कारणले असफल भयो । त्यो असफल भएको संशोधनको प्रकृया आज पनि बाँकी छ ।’

रक्षामन्त्री खड्काले वर्तमान संविधान संघीय लोकतान्त्रीक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरुको अगाडि कार्यान्वयनको चुनौतीका रुपमा रहेको औंल्याए । संविधान जारी गर्दा आफुहरुले संविधान सभा मार्फत सिंगो नेपाली जनता र संसारका लोकतन्त्रवादीहरुलाई दिएको विश्वास पुरा गर्ने प्रकृया बाँकी नै रहेको उनको भनाई छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com