२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

आर्थिक पारदर्शीका लागि सह–कोषाध्यक्षमा मेरो उम्मेदवारी :  ददिवल खड्का

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सह–कोषाध्यक्ष पदमा ददिवल खड्काले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा बुधबारदेखि सुरु हुने एनआरएनएको ११औं महाधिवेशनकको आगामी कार्याकालका लागि सह–कोषाध्यक्षमा खड्काले उम्मेदवारी दर्ता गरेका हुन् । उनले संघभित्र आर्थिक पारदर्शी कायम गराउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

वर्तमान एनआरएनए एसिया प्यासिफिक उपसंयोजक खड्काले आफूले अहिलेसम्म गरेका सामाजिक काम र सेवाको आधारमा मूल्यांकन गरेर मतदान दिन एनआरएनए अभिन्ताहरूलाई आग्रह गरे।

खड्काको उम्मेदवारी दर्तामा प्रस्तावकमा एनआरएनए जापानका निवर्तमान युवा संयोजक राकेश रुम्बा र मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ तथा समर्थकमा आइसीसी सदस्य बिजेश थकाली र एनआरएनए जापानका निवर्तमान केन्द्रीय सदस्य मनोज श्रेष्ठ छन्। महाधिवेशन शनिबारसम्म सोल्टी होटलमा चल्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com