२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

मोदीको कालापानी भ्रमणबारे नेपाल सरकार बेखबर : कमल थापा

काठमाडौं, ३० असोज । सरकार आत्मसमर्पणबादी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले आरोप लगायका छन् । नेपालको अभिभाज्य भुमी लिम्पियाधुरा, कालापानी, गुन्जी, कुटीलगायत क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे नेपाल सरकार बेखबर हुनु, चासो नलिनु, एक शब्द नबोल्नु आत्मसमर्पणबादी मानसिकताको उपज भएको बताए ।

सुनसरी जिल्लाको इनरुवामा आयोजित विरोध सभामा बोल्दै थापाले सत्तामा पुग्न, टिक्न, चुनाव जित्न विदेशीको आशिर्वाद र सहयोग लिनेहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुन नसक्नेसमेत दाबी गरेका छन् । थापाले भने, ‘भारतीय प्रमको भ्रमणबारे सरकारले तुरुन्तै कुटनैतिक नोटमार्फत भारत सरकारलाई प्रश्न सोधोस्’ ।

राष्ट्रपतिको भुमिका पार्टीको छायांको रुपमा रहेको अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजासहितको प्रजातन्त्र आबश्यक रहेकोमा पुनः जिकिर गरेका छन् । सरकार र ठुला भनिने दलहरु भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाउदै थापाले अब यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्नेसमेत बताएका छन् ।

धर्मपरिवर्तन, बेरोजगारी ,कुशासन र महङ्गी गणतन्त्रको पर्याय भएको चर्चा गर्दै थापाले संघीयता खारेज गरि सनातन हिन्दु अधिराज्य कायम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल , राजाराम बर्तौला, तेजकुमार कुरुम्वाङ्ग, गोपाल कोइराला, चन्दन चौधरी, खड्ग जिसि, खेम ओझा लगायतले बोलेका थिए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com