२०८१ बैशाख २२ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २२
Sat May, 2024

इजरायलबाट २५४ विद्यार्थीलाई आज नेपाल ल्याइँदै

काठमाडौं, २५ असोज । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् ।प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन् ।

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो । आज इजरायलबाट नेपाली विद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com