२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

इजरायल आक्रमण: एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा

काठमाडौं, २३ असोज । इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणका कारण पिडित नेपालीको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ घण्टे हटलाइन सेवा सञ्चालन गरेको छ ।

संघले इजरायलमा रहेका  नेपालीहरुको सुरक्षा गैरआवासीय नेपाली संघको पहिलो प्राथमिकता भएको जनाएको छ । आक्रमणका कारण संकटमा परेका नेपालीहरुको सुरक्षा र उद्दारका लागि पहल गर्न संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदुतावास इजरायल लगायतका त्यहाँ सक्रिय नेपाली संघ–संस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको  संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

हटलाइनमार्फत प्राप्त समस्या र गुनासोलाई इजरायलस्थित संघको राष्ट्रिय समन्वय परिषद्, दूतावास तथा सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गरिने संघले जनाएको छ।  सेवा लिन तपशिलमा उल्लेखित संघका कर्मचारीहरुलाई सम्पर्क गर्न सकिने संघले जनाएको छ ।

तपशिल :

राजेन्द्र कुमार राउत (प्रमुख कार्यकारी अधिकृत) ९८०१८६११००

बन्दना शर्मा (सहायक निर्देशक) ९८०१८६११०१

इन्द्रलक्ष्मी घिमिरे ( सञ्चार तथा वैदेशिक रोजगार अधिकृत)   ९८०१८६११२३


समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com