२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

इन्टरकलेज फुटसल टुर्नामेन्ट : जय बहुमुखी क्याम्पस विजयी

काठमाडौँ, २० जेठ । एसवाई बजार कम्पनीले आयोजना गरेको इन्टरकलेज फुटसल टुर्नामेन्टमा जय बहुमुखी क्याम्पस विजयी भएको छ । ललितपुरको राष्ट्रिय खेलकुद केन्द्र च्यासलमा सम्पन्न प्रतियोगितामा सो क्याम्पस विजयी भएको हो । प्रतियोगिताको दोस्रो विजेता पाटन बहुमुखी क्याम्पस र तेस्रो विजेता विनायक सिद्ध कलेज भएका छन् ।

फुटसल प्रतियोगितामा ३२ भन्दा बढी निजी तथा सरकारी कलेजका विद्यार्थीहरू सहभागी रहेका थिए । एसवाई बजारका निर्देशक बिमलराज गोसाईका अनुसार प्रतियोगतामा प्रथम हुने टिमले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र, पदक र ट्रफी पुरस्कार प्रदान गरिएको थियो । कम्पनीले सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता ५÷५ हजार रूपैयाँ नगर सहित पुरस्कृत गरेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com