२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

सरकारले युवालाई तालिम दिने प्रक्रिया अगाडि बढाएको छ  :  अर्थमन्त्री महत

काठमाडौ, १८ असोज । अर्थमन्त्री प्रकाश शरण महतले, देशभित्रै रोजगारी सिर्जना गर्ने विषयमा सरकारले आवश्यक प्रयास गरिरहेको हो बताएका छन् । सिपमूलक तालिमका संभावना र योजना विषयक नीतिगत छलफल कार्यक्रममा उनले, ‘कसरी रोजगार सुनिश्चित गर्ने भन्ने किसिमबाट अहिलेको आवश्यकता, माग र प्रविधिहरुलाई मध्य नजर गर्दै योजना बनाउँनु पर्ने हुन्छ ।

त्यसका लागि सरकारले काम गरिरहेको छ । ’रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको उनले बताएका छन् ।

यो किसिमको रोजगारमूलक तालिमलाई यो महासंघ, सरकारी निकाय मार्फतप्रायोजित गर्ने, यसमा नीतिगत रुपमा कहाँ कमि कमजोरी छ, त्यसलाई ध्यान दिनु हुनेछ भन्ने लागेको छ ।’ उनले भने ‘विदेशमा जाने युवाहरुलाई मध्यनजर राखेर श्रम मन्त्रालयले पनि एउटा छुट्टै प्राधिकरण जस्तै गठन गरेर तालिम दिने प्रक्रिया अगाडि बढाएको अवस्था छ ।’अहिलेको माग र आवश्यकतालाई ख्याल गर्दै अघि बढ्न सबै पक्षले हातेमालो गर्नु पर्ने उनको भनाई छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com