२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

प्रधानमन्त्री दाहाल र एमसीसीकी कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता

काठमाडौं, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिसले भेटवार्ता गरेकी हुन् ।

गत आइतबार साँझ काठमाडौं आइपुगेकी अल्ब्राइटले आज प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन्। हिजो उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवातार्ता गरेकी थिइन । प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिना नाघेको छ । सो परियोजना कार्यान्वयनमा आए पछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको हो। गत भदौ १३ गतेबाट एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो।

अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको एमसीसी कार्यालयले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com