२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १६
Sun Apr, 2024

जब महिला ‘श्रीमान चाहियो’ भनेर प्लेकार्ड बोकेर सडकमा उभिइन्

काठमाडौ, २८ भदौ । जीवनको कुनै न कुनै मोडमा हरेक व्यक्तिलाई जीवन साथी चाहिन्छ। यस्तो अवस्थामा कसैलाई आफ्नो जीवनसाथी समयमै भेटिन्छन् भने कसैले भाग्यमा छोडिदिन्छन् । यस्तै एउटा खोज एक अमेरिकी महिलाको हो, जो आजकल सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् ।

स्मार्टफोन र सामाजिक सञ्जालको जमानामा यी महिलाले जीवनसाथी खोज्ने अनौठो तरिका अचम्मको छ । वास्तवमा यी महिला अमेरिकाको न्यूयोर्क सहरको सडकमा साथीको खोजी गरिरहेकी छिन् । महिलाले हातमा प्लेकार्ड बोकेकी छिन् । जसमा लेखिएको छ, ‘पति खोज्दैछु।’ यसबाहेक उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट पनि प्लेकार्डको तल दिएका छन् । यो अनौठो विधि देखेपछि त्यहाँबाट जाने हरेक मानिस रोकिन्छन् र हेर्छन् ।

यी महिलाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोलाई इन्स्टाग्राममा ११ लाखभन्दा बढी पटक हेरिएको छ । फक्स न्यूजको रिपोर्टका अनुसार ती महिलाको पहिचान २९ वर्षीया क्यारोलिना गीट्सको रूपमा गरिएको छ। उनी म्यानहट्टनकी बासिन्दा हुन् । रिपोर्टका अनुसार यी महिलाले पहिला आफ्नो पार्टनरको खोजीमा डेटिङ एपको सहारा लिएकी थिइन् तर त्यहाँ उनले केही हासिल गर्न सकिनन् ।

सामाजिक सञ्जालबाट व्यक्तिको सही पहिचान गर्न नसकिने र च्याटिङमा पनि धेरै समय खेर जाने महिला बताउँछिन् । यस्तो अवस्थामा उनको मनमा केही फरक गर्ने सोच आयो ।

फक्स न्यूजसँग कुरा गर्दै गीत्सले भनिन कि यी चीजहरूले मलाई धेरै ऊर्जा दिन्छ र साथसाथै मलाई मानिसहरूबाट सकारात्मक प्रतिक्रिया पनि मिलिरहेको छ। महिलाले थप भनिन्, ‘एकजना पुरुषलाई बाटोमा देखेपछि भेटेकी छु। अहिले म उहाँसँग सम्पर्कमा छु र हामी एक अर्कासँग कुरा गरिरहेका छौं। भविष्यमा के हुन्छ हेर्नेछौं। अहिले मात्र कुरा गरिरहेका छौं।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com