२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

बलात्कारको आरोपमा दुईजना पक्राउ

काठमाडौं, २७ भदौ । बाँके र बर्दियाबाट बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका–८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई ललाई फकाई गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बारबर्दिया नगरपालिका–६ धामपुर बस्ने ३२ वर्षीय कपिल गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई विभिन्न किसिमको धाक धम्की देखाई विभिन्न मितिमा पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com