२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

आजको हरियो तरकारी तथा फलफूलको मूल्य: रातो आलु ५० रुपैयाँ

काठमाडौ, ३२ साउन । हरियो तरकारीको मूल्यमा आज घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सार्वजनिक गरेको मूल्य सूचीमा च्याउ, भटमासकोशा, गाजर, सानो गोडभेँडा, सिमी, अनार, तरबुजा, लोकल नासपाति लगायत हरियो तरकारी र फलफूलमा बुधबारको तुलनामा मूल्य १० देखि ४० रुपैयाँसम्म घट्बढ भएको हो ।

बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा ७ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिकेजी रहेको छ । सोहि गोडभेँडा हिजो प्रतिकेजी ८२ रुपैयाँमा किनबेच भएको थियो । रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ ।

आज स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर ७० रुपैयाँ पुगेको छ । त्यस्तै, कन्य च्याउको मूल्य हिजोको तुलनामा २० रुपैयाँ घटेर प्रतिकेजी १८० रुपैयाँ रहेको छ । डल्ले च्याउको मूल्य ४०० रुपैयाँमा स्थिर छ । गाजरको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर आएको छ ।

गाजर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ७०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ५०, लौका ६०, परवल ६०, घिरौला ३५, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०,भिण्डि ९०,स्कूस ७०, प्याज हरियो १५०,रायो साग ११०,कुरीलो ५०० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ । कागती १२०, अनार प्रतिकेजी ४० रुपैयाँले घटेर आज २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै,तरबुजा हरियो ७०, मौसम १४०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com