२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

काठमाडौ, १९ भदौ । अपी पावर कम्पनीको ४०% हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज  बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । कम्पनीले साउन ३१ गतेदेखि १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

यद्यपि, सोमबार साँझ ५ः०७ बजेसम्ममा भने १ करोड १ लाख ९५ हजार ४७२ कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा, कम्पनीको अझै ६३ लाख ३७ हजार ६६५ कित्ता सेयर बिक्री हुन बाँकी देखिन्छ । अन्तिम दिनसम्म उक्त सेयर बिक्री नभएमा बाँकी सेयर लिलामीमा आउनेछ ।

यस हकप्रद सेयरका लागि कम्पनीले असार २२ गते बुक क्लोज गरेको हो । तसर्थ, असार २१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । अपिको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।


समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com