२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएको भन्ने खबरले दुःखी बनाएको बताएका छन् । मंगलबार समाजिक सञ्जालमार्फत् उनले गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखी बनायो । गन्तव्यमा पु¥याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ ।’आज बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका ्थिए ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवसहितका नेताहरूका कारण भिआइपीका लागि सिट जरूरी परेकाले पाँचजना चिकित्सकलाई लैजान नसकिने भनिएपछि सबै चिकित्सक आउन नमानेका हुन् । चिकित्सकहरूलाई त्यहीँ छाडेर विमान मुगुबाट उडेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com