२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समय देखि अस्वस्थ सीताको आज बिहान अचानक शरिरमा अक्सिजनको मात्र घटेपछि नर्भिक अस्पतालमा उपचारका लागि लगिएको थियो । बिहान सवासात बजे थप उपचारका लागि नर्भिक पु¥याइएको थियो । तर, उनको उपचारको क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमो ८ बजेर ३३ मिनेट निधन भएको अस्पतालले जनाएको छ ।

सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)भनिन्छ । छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको थियो ।उनको पार्थीव शरिरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । त्यसपछि दिउँसो २ बजे पशुपतिमा अन्तिम संस्कारका लागि लगिने माओवादी सचिवालययले जानकारी गराएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com