२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

मानव स्वास्थ्यका निकै लाभदायक अदुवा

काठमाडौ, १३ भदौ । अदुवा प्रायः सबैको भान्सामा पाईने एक प्रकारको मसला हो । यसको स्वाद निकै मिठो हुन्छ । अदुवाको स्वाद मन नपराउने मानिस साहेद विरलै होलान । अदुवा स्वादका लागि मात्र नभएर मानव स्वास्थ्यका लागि पनि निकै लाभदायक हुन्छ ।

यसलाई मसलाका रुपमा मात्र नभएर औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवा सेवन गर्नुका धेरै फाईदाहरु रहेका छन् । भान्सामा प्रयोग हुने अदुवा गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको सेवनले फाइदा गर्छ । बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट हट्छ ।

मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ भने अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नुहाउँदा मांशपेशी र जोर्नीको पीडा कम हुन्छ।अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर तथा क्रोमियमजस्ता पोषक तत्व पनि पाइन्छ ।काठमाडौ‌– नेपाली घरमा अत्यन्त कम किचनहरु छन् होला जहाँ अदुवा नै नहोस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडोमा चियामा पनि हालेर खाइन्छ । चियामात्र होइन, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महा‌औषधीसमेत भन्ने गरिएको छ ।

अदुवा सेवन गर्नुका फाईदाहरु यसप्रकार छन् ।

अदुवाको नियमित सेवन गरे भोक नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यदि तपाईंलाई कम भोक लाग्छ भने अदुवाको सानो टुक्रामा नुन लगाएर दिनमा एकपटक लगातार आठ दिनसम्म खानुहोस् । यसले पेट सफा हुन्छ र भोक जगाउँछ ।

अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको संक्रमण हुनबाट हामी बच्न सक्छौँ ।

शरीरमा पैदा हुने फ्रि रेडिकल्सलाई निस्तेज गर्न पनि अदुवाले सहयोग गर्छ । यस्ता रेडिकल्सले हाम्रा कोशहरुमा नोक्सान पुर्याउँछन् ।

अदुवाको प्रयोगले हड्डी तथा जोर्नीहरुमा हुने दुखाइ पनि कम गर्छ । यसमा हुने तत्वले अर्थराइटिस अर्थात् बाथरोगहरुबाट पनि हामीलाई टाढा राख्न सहयोग गर्छ ।

अदुवाले हाम्रो रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्रो रगत सफा गर्न धेरै नै सहयोग गर्छ ।पाचन प्रक्रिया र रोगविरुद्ध लड्ने क्षमता बढाउँछ

अदुवाको प्रयोगले हाम्रो पाचन प्रक्रिया पनि बलियो बन्छ । यसले हाम्रो तौल घटाउन पनि सहयोग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयोग गर्छ ।

अदुवालाई सधैं खोकीको औषधीको रुपमा चिनिन्छ । खोकी लाग्दा अदुवाको सानो टुक्रामा तातो बनाइएको मह मिसाएर दिनमा दुईपटक सेवन गर्नुहोस् । यसले खोकी रोक्छ र घाँटीको समस्याबाट पनि राहत दिलाउँछ ।

अदुवाले हाम्रो रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दो उमेरमा अदुवा खानु अझ राम्रो हुन्छ ।

अदुवाको सेवनले छाला चम्किलो हुन्छ । बिहान खाली पेटमा एक गिलास मनतातो पानी सँगै अदुवाको एक टुक्रा खानुहोस् । यसले तपाईंको छालालाई निखार्नुका साथै तपाईंलाई लामो समयसम्म जवान बनाइराख्न सहयोग गर्दछ ।

अदुवाको प्रयोगले हाम्रो कोलेस्ट्रोललाई पनि नियन्त्रणमा राख्छ । यसले रक्तसंचार पनि ठिक राख्छ । अदुवाले रगत जम्न दिँदैन । यसमा एन्टी फंगल र क्यान्सर प्रतिरोधी गुण पनि पाइन्छ ।

अदुवालाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको सेवनले महिलाको महिनावारीको अनियमिततालाई रोक्न सहयोग गर्छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com