२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

तस्करी मौलाउँदै गएपछि राजश्व कम उठ्यो :  शंकर पोखरेल

काठमाडौं, १७ साउन । तस्करी मौलाउँदै गएपछि राजश्व कम उठेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन् । सुन तस्करी प्रकरणको चर्चा परिचर्चा भइरहेको बेला एमाले महासचिव पोखरेलले सो आरोप लगाएका हुन् ।

उनले भने ‘यतिवेला अस्वभाविक रुपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्नुको परिणाम हो, सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पूँजीगत खर्च कम हुन गई समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ, ‘तर, सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन । यसप्रति सबै सरोकार पक्षको ध्यान जानु पर्दछ ।’

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com