२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १८
Tue Apr, 2024

एभरेष्ट बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता, १० प्रतिशतसम्म छुट

काठमाडौ, १३ भदौ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच छुट सम्झौता भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको छुट पाउने छन् ।सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तीनका पारिवारिक सदस्यहरूले समेत विशेष छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ ।सम्झौता पत्रमा हस्ताक्षर समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसीकोसमेत उपस्थिति रहेको थियो ।

स्थापना कालदेखिनै ग्राहकहरूको पहिलो रोजाइमा रहेको एभरेष्ट बैंकमा हालसम्म करिब १२ लाख ग्राहक रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com